५ दिनमा ११ अर्बको शेयर कारोबार, हिमाल दोलखा र एनआरएनमा लगानीकर्ताको आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2020 | 01:35:22 PM मा प्रकाशित

laxmi  sunrise bank

गत साता नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ११ अर्ब बढी कारोबार भएको छ । ५ दिनको अवधिमा नेप्सेमा ११ अर्ब ४१ करोड ९६ लाख बढीको कारोबार भएको छ । यो औसतमा प्रति दिन २ अर्ब २९ करोड ९९ लाख बराबर हो । गत साता भर नेप्से सूचक ११.४५ अंकले बढेको छ ।

गत साता सोल्टी होटेलको सबैभन्दा धेरै ५० करोड २८ लाखको कारोबार भएको छ । सोल्टीको १० प्रतिशत स्वामित्व खरिद बिक्रि भएकोले कम्पनीको ठुलो मात्रको कारोबार देखिएको हो  । त्यस्तै बढी कारोबार हुनेमा दोस्रो नम्बरमा हिमाल दोलखा हाइड्रो, तेस्रोमा नेपाल पुनर्बिमा कम्पनी, चौथोमा  अरुण काबेली पावर र पाचौमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट रहेका छन् । 

गत साता बजार पुँजीकरणको आधारमा नेपाल टेलिकम शिर्ष स्थानमा छ । टेलिकमको बजार पुँजीकरण १ खर्ब ५ अर्ब रहेको छ भने दोस्रो नम्बरमा रहेको नबिल बैंकको ८७ अर्ब ४४ करोड रहेको रहेको छ । तेस्रो स्थानमा रहेको पुनर्बिमा कम्पनीको बजार पुँजीकरण ८६ अर्ब ३० करोड रहेको छ भने चौथो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको बजार पुँजीकरण ७५ अर्ब ५७ करोड रेहेको छ । शेयर बजारको कुल बजार पुँजीकरण भने २० खर्ब ९३ अर्ब रहेको छ ।  

गत साता एनआरएन इन्फ्रास्ट्रकचरको शेयर सबै भन्दा धेरै १४ हजार ३ सय ३८  पटक कारोबार भएको छ भने नेपाल पुनर्बिमाको शेयर ६ हजार २ सय पटक कारोबार भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved