
एनएमबि लघुवित्त NMB Microfinance Bittiya Sanstha ले मर्जर समिति गठन गरेको छ । बिहिबार बसेको कम्पनीको संचालक समितिको बैठकले ३ सदस्यीय मर्जर तथा प्राप्ति समिति गठन गरेको हो ।
बैठकले संचालक रोमणी प्रसाद पाठकको संयोजकत्वमा समिति गठन गरेको हो । समितिका सदस्यमा जितेन्द्र बाहेति र सबिता सापकोटा सदस्य रहेका छन् । सापकोटालाई समितिको सदस्य सचिवको जिम्मेवारी समेत दिईएको छ ।
समितिले एनएमबि लघुवित्तसँग मर्जर तथा प्राप्ति गर्नको लागि उपयुक्त संस्थाको खोजि गर्ने, त्यसको अध्ययन गर्ने, र मर्ज तथा प्राप्तिको कार्य सम्पन्न गर्ने जिम्मेवारी पाएको छ ।