स्टक डिलरको सीइओमा श्रेष्ठ नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2020 | 07:45:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषको स्टक डिलर कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा महेश्वरलाल श्रेष्ठ नियुक्त भएका छन्  । सीइओ छनौट उपसमितिको बैठकले श्रेष्ठअली सीइओ नियुक्त गरेको हो ।

सीईओको लागि महेश्वरलाल श्रेष्ठ र सन्तोषराज नेपालको नाम सर्ट लिस्ट गरिएकोमा श्रेष्ठले बाजी मारेका हुन्  । उपसमितिले शैक्षिक योग्यता, उमेर र अनुभवको आधारमा २ जनाको नाम सर्ट लिस्ट गरेको थियो । उपसमितिले ब्यबसायी रणनीति, र कार्ययोजना प्रस्तुतीकरणको लागि शनिवार दुवै उम्मेदवारको अन्तर्वार्ताको लिएको थियो । अन्तर्वार्तापछि श्रेष्ठ सीइओमा नियुक्त भएका हुन् ।  

श्रेष्ठ नेपाल राष्ट्र बैंकबाट अवकाशप्राप्त कार्यकारी निर्देशक हुन् ।  चार्टर्ड एकाउन्टेन्ट श्रेष्ठले राष्ट्र बैंकमा बैंक सुपरिवक्षेण विभागको नेतृत्व गरेका थिए। उनी राष्ट्र बैंकको तर्फबाट नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पनि नियुक्त भएका थिए।

कम्पनीको सीइओको लागि विशाल अग्रवाल, सन्तोष नेपाल, महेश्वर लाल श्रेष्ठ र इन्द्र कट्टेलले आवेदन दिएका थिए ।  आवेदन दिनेले ब्यबस्थापन वा अर्थशाश्त्र वा वाणिज्य शाश्त्र वा बित्तशाश्त्रमा स्नातकोत्तर गरेको वा स्नातक तह उतिर्ण सहित सिए उपाधि हासिल गरेको हुनु पर्ने  तोकिएको थियो  । त्यस्तै बैंक वित्तीय संस्था वा सुचिकृत कम्पनीमा कम्तिमा ४ वर्ष ब्यबस्थापकिय तहमा काम गरेको हुनु पर्ने उल्लेख थियो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved