
सिद्धार्थ बैंक Siddhartha Bank Limited ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । बैंकले असोज १६ गतेदेखि ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।
जस मध्ये १२ लाख कित्ता सर्बसाधारणलाई निष्काशन हुनेछ भने १८ लाख कित्ता 'प्राइभेट प्लेसमेन्ट' अर्थात् व्यक्तिगत तबरमा बिक्रि हुने छ । सर्बसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामुहिक लगानी कोषको लगी छुट्याईएको छ । लगानीकर्ताले आज बैंकिंग समयसम्म आवेदन दिन सक्ने छन् ।
७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । ऋणपत्र निष्काशनको लागि बैंकले एनएमबी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।
बैंकले यस अघि २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गरेको थियो ।