नेको इन्स्योरेन्सको १० लाख कित्ता बढी शेयर आजदेखि लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2020 | 08:35:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेको इन्स्योरेन्स Neco Insurance Company  ले आज असोज २० गतेदेखि १० लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । कम्पनीले संस्थापक समुहको १० लाख ७० हजार २ सय ६ दशमलव ८४ कित्ता शेयर लिलाम गर्न लागेको हो 

यस लिलाममा हाल कायम संस्थापक शेयर , फर्म , कम्पनी तथा संगठित संस्थाले आवेदन दिन सक्ने छन् । आवेदन दिनको लागि कार्तिक ४ गतेसम्मको समय तोकिएको छ । 

कम्पनी यी शेयरको मूल्य प्रति कित्ता ३९५ कायम गरेकोले इच्छुक लगानीकर्ताले सो भन्दा बढी रकम उल्लेख गरी बोलपत्र पेश गर्नु पर्ने छ ।  आवेदन दिँदा न्युनतम ५ हजार कित्ताको लागि दिनु पर्ने छ । शेयर लिलाम प्रक्रियाको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved