लगानीकर्ता सप्ताहको अवसरमा नयाँ प्रणाली ल्याउदै धितोपत्र बोर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2020 | 12:45:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह २०२० मनाउने भएको छ . धितोपत्र बजार नियमन निकायहरुको अन्तराष्ट्रिय संस्था (इस्को)को आह्वानमा बोर्डले असोज १९ देखि २५ गतेसम्म लगानीकर्ता सप्ताह मनाउन लागेको हो . धितोपत्र बोर्ड इस्कोको एसोसिएट सदस्य हो।

यसै अवसरमा बोर्डले लगानीकर्ताले सूचिकृत कम्पनी सम्बन्धी विवरण प्राप्त गर्न सक्ने प्रणाली (Electronic Reporting and Retrieval System-ERRSको अनावरण गरी सञ्चालनमा ल्याउने जनाएको छ ।

बोर्डले हालको कोभिड १९ को असहज परिस्थितिलाई मध्यनजर गर्दै निम्न कार्यक्रम गर्ने जनाएको छ। 

आश्विन २१, बुघबार, विहान ७ः२५–७ः५५ ः धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी जानकारी तथा सचेतनामूलक विषेश कार्यक्रम रेडियो नेपालबाट प्रशारण गर्ने ।

२०७७ आश्विन २२, विहीबार, अपरान्ह ३ः००–५ः३० धितोपत्र निष्काशनमा स्वतन्त्र मूल्य निर्धारण (Free Pricing) का लागि बुक विल्डिङ्ग पद्दतिबाट सार्वजनिक निष्काशन गर्न सक्ने गरी निर्देशिका जारी गरेको र योग्य लगानीकर्ताको सूची पनि तयारीको अन्तिम चरणमा रहेको पृष्ठभूमिमा “लगानीकर्ताहरुमा छरिएर रहेको पुँजी कम लागत तथा सर्वसुलभ रुपमा उत्पादनशील क्षेत्रमा परिचालनको लागि धितोपत्र बजार” भन्ने मूल मर्मका साथ वास्तविक क्षेत्रका कम्पनीहरुलाई पुँजी बजारबाट पँुजी परिचालन गर्न अभिप्रेरित गर्ने र धितोपत्र निष्काशनमा स्वतन्त्र मूल्य निर्धारणका सम्बन्धमा संभाव्य निष्काशनकर्ता कम्पनीहरु तथा लगानीकर्ताहरुलाई थप स्पष्ट पार्न सम्बन्धित कम्पनीका उच्च व्यवस्थापन तथा लगानीकर्ताहरुसँग छलफल तथा अन्र्तक्रिया कार्यक्रम जुम मार्फत् आयोजना गर्ने ।

आश्विन २३, शुक्रबार, अपरान्ह १ः३०–५ः३० लगानीकर्ताको अधिकार, सुसूचित लगानी निर्णयका लागि आवश्यक ज्ञान तथा जानकारी, अनलाईन टे«डिङ्गको उपयोगिता र प्रयोग, आस्वा, सिआस्वा, मेरा सेयरको  उपयोगिता, क्रेडिट रेटिङ्गको महत्व तथा उपयोगिता लगायतका धितोपत्र बजार सम्बन्धी विषयवस्तुहरुमा बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लि., सिडिएससी र क्रेडिट रेटिङ्ग संस्था तथा लगानीकर्ताहरुकोे सहभागितामा छलफल तथा अन्र्तकृया कार्यक्रम आयोजना गर्ने । धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता हाते पुस्तक, २०२० र धितोपत्र बजार सहभागीहरुले बोर्डमा पेश गर्नुपर्ने वित्तीय तथा अन्य विवरण विद्युतीय माध्यममार्फत पेश गर्न र लगानीकर्ताले सूचिकृत कम्पनी सम्बन्धी विवरण प्राप्त गर्न सक्ने प्रणाली (Electronic Reporting and Retrieval System-ERRS को अनावरण गरी सञ्चालनमा ल्याउने ।

आश्विन २४, शनीबार, अपरान्ह ३ः३०–३ः४५ लगानीकर्ताले लगानी गर्दा ध्यान दिनुपर्ने पक्षहरु तथा लगानी गर्ने सम्बन्धमा सचेतनामूलक सामाग्री गोरखापत्र रष्ट्रिय दैनिक र नयाँ पत्रिका दैनिकमा प्रकाशन गर्ने ।

आश्विन २५, आइतबार, अपरान्ह ३ः३०–३ः४५ लगानीकर्तालाई सवलीकरण गर्दै उनीहरुको हकहितको संरक्षण गर्ने सम्बन्धमा नेपाल धितोपत्र बोर्डको भूमिका सम्बन्धी एक वृत्तचित्र नेपाल टेलिभिजनबाट प्रशारण गर्ने । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved