१६ सय अंकमाथि उक्लियो नेप्से, ३ अर्ब बढी कारोबार हुँदा ३९ प्रतिशत हिस्सा हाइड्रोको

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2020 | 04:32:53 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज सूचक १४.६८ अंकले बढेर १६००.९७ बिन्दुमा पुगेको छ ।

आज १९५ कम्पनीको १ करोड २६ लाख ९९ हजार ५ सय ३५ कित्ता शेयर खरिद बिक्रिबाट ३ अर्ब ३५ करोड ८५ लाख ६ हजार २ सय ९६ रुपैयाँको कारोबार भएको छ । आज हाइड्रोपावरको समुहको सबै भन्दा धेरै १ अर्ब ३२ करोड ८८ लाख बराबरको कारोबार भएको छ । यो कुल कारोबार रकमको ३९.५६ प्रतिशत हो । आज हाइड्रोपावर समुहको सूचक ७५.९३ अंकले बढेको छ ।

आज अरुण काबेली हाइड्रोको सबै भन्दा धेरै १५ करोड २९ लाख बराबरको कारोबार भएको छ । आज सबै भन्दा बढी कमाउने १० कम्पनी मध्ये ९ वटा हाइड्रो कम्पनी छन् । सबैमा सकारात्मक सर्किट लागेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved