माछापुच्छ्रे बैंकको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2020 | 09:33:53 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited को शेयर मूल्य समायोजन भएको छ । बैंकले साधारणसभा प्रयोजनको लागि आज बुक क्लोज गरेकोले मूल्य समायोजन भएको छ ।

समायोजनपछि बैंकको शेयर मूल्य २३१.७१ रुपैयाँ कायम भएको छ । बैंकको ७.०३ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।समायोजन अगाडी बैंकको शेयर मूल्य २४८ थियो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि  असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असोज २१ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । बैंकले कार्तिक ६ गतेको लागि पोखरामा रहेको होटेल पोखरा ग्राण्डमा सभा आह्वान गरेको छ।

बैंकको सभामा लाभांश  सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । बैंकले गत आर्थिक बर्षको कमाईबाट ७.०३ प्रतिशत बोनस तथा कर प्रयोजन सहित ३.३७ प्रतिशत नगद सहित्कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले कुल ८७ करोड ९६ लाख बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपश्चात लाभांश सेयरधनीहरुमा वितरण हुनेछ।  बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुंजी ९ अर्ब ५ करोड ३० लाख नाघ्नेछ। 

त्यस्तै बैंकले सभामा वार्षिक वित्तीय विवरण पारित गर्ने, नगद प्रवाह विवरण पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तय गर्ने, अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक प्रतिनिधित्व गर्ने ३ जनाको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छ ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved