नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शुक्रबार ४ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । शुक्रबार एनएमबी लघुवित्त NMB Microfinance Bittiya Sanstha को ४ लाख ८६ हजार १८ दशमलव ७५ कित्ता शेयर सुचिकृत भएको हो ।
कम्पनीको १२ प्रतिशतले हुन आउने बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।