कार्यालय नआई विद्युतीय माध्यमबाट मात्र कारोबार गर्न ब्रोकरको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2020 | 03:39:55 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकरहरुले ग्राहकहरुलाई विद्युतीय माध्यमबाट मात्र कारोबार गर्न आग्रह गरेका छन् ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले हाल भौतिक उपस्थिति बिनानै धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागी खाता खोल्न, कारोबार गर्न, राफसाफ गर्न तथा कारोबार सँग सम्वन्धित सम्पूर्ण कार्य विधुतीय माध्यमबाटनै गर्न सक्ने अवस्था रहेकाले सम्पूर्ण लगानीकर्ता तथा संघका सदस्यलाई विधुतीय माध्यमबाट मात्र कारोबार गर्न आग्रह गरेको हो ।

संघले कतिपय ब्रोकर कम्पनीमा कार्यरत कर्मचारीमा पनि कोरोना संक्रमण समेत देखिसकेकोले सतर्कता अपनाउन आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved