
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा जनरल इन्स्योरेन्स General Insurance Company Nepal को शेयर सुचिकृत भएको छ । सोमबार कम्पनीको १ करोड कित्ता शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै मंगलबार नेप्सेमा कम्पनीको GIC सिम्बलबाट शेयर कारोबार सुचारु हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०१.७६ देखि ३०५.२८ सम्मको रेन्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोकेको छ । यो रेन्जभित्र रहेको जुनसुकै मूल्यमा पहिलो कारोबार गर्न सकिने छ ।
कम्पनीको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल चयन भएको छ । जनरलको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही कुमारी क्यापिटलले गर्ने छ ।