धितोपत्र बोर्डले ल्यायो हाते पुस्तक र विद्युतीय विवरण प्रवाह तथा प्राप्ति प्रणाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2020 | 06:49:02 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल धितोपत्र बोर्डले  लगानीकर्ता हाते पुस्तक प्रकाशन गरेको छ । बोर्डले विश्व लगानीकर्ता सप्ताह २०२० को अवसरमा विशेषतः धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी आधारभूत ज्ञान हाशिल गर्न चाहने स्कूल तथा कलेजका विद्यार्धीहरु र आमलगानीकर्ताहरुलाई लक्षित गरी 'धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता हाते पुस्तक, २०२०' प्रकाशन गरेको हो ।

त्यस्तै बोर्डले सुचिकृत कम्पनी तथा अन्य बजार सहभागीहरुले नियमन व्यवस्था अनुरुप बोर्डमा पेश गर्नुपर्ने वित्तीय तथा अन्य विवरणहरु विद्युतीय माध्यम मार्फत पेश गर्नसक्ने प्रणाली Electronic Reporting and Retrieval System-ERRS समेत प्रयोगमा ल्याएको छ । यस व्यवस्थाबाट बोर्डबाट इजाजतपत्र प्राप्त संस्था र निश्कासनकर्ता एंव सुचिकृत संगठित संस्थाहरुले भौतिक रुपमा विवरहरु पेश नगरी आफ्नै कार्यालयबाट विद्युतीय माध्यममार्फत आवधिक वित्तीय विवरण तथा अन्य विवरणहरु पेश गर्न सक्ने बोर्डले जनाएको छ। 

बोर्डका अनुसार हाते पुस्तकमा वित्तीय बजार, पुँजी बजार, धितोपत्र बजार, धितोपत्रको प्राथमिक निश्कासन तथा यसको प्रकृया, लगानी योजना तथा प्रक्रिया, सेयरधनीको अधिकार, बजार सहभागी तथा बजार सहभागीले प्रवाह गर्ने सेवा सुविधा, लगानीको मन्त्र, लगानी गर्दा ध्यान दिनुपर्ने पक्षहरु, बारम्बार सोघिने प्रश्नहरु तथा बजारसँग सम्बन्धित उपयोगी शव्दावली आदि समेटिएको छ । 

हाते पुस्तकले विद्यार्थी, सर्वसाधारण लगानीकर्ता तथा अन्य सरोकारवाला सबैको वित्तीय साक्षरतामा अभिवृद्धि गर्ने र यसबाट लगानी सम्बन्धी सुसूचित निर्णय लिन सहज हुने बोर्डले जनाएको छ ।

त्यस्तै नियमन व्यवस्था अनुरुप सुचिकृत संगठित संस्थाले लगानीकर्तालाई उपलब्ध गराउनुपर्ने सूचना, जानकारी तथा विवरण लगानीकर्ताहरुले समेत प्राप्त गर्न सक्ने गरी विकास गरिएको ERRS को माध्यमबाट आम लगानीकर्ताले न्यून प्रयास तथा लागतमा प्राप्त गर्न सक्षम हुने विश्वास बोर्डले व्यक्त गरेको छ । बोर्डले आगामी दिनमा क्रमशः धितोपत्र बजार सम्बन्धी अन्य गतिविधीहरु त्था प्रकृयाहरुलाई पनि प्रविधि मैत्री बनाउंदै लैजाने जनाएको छ ।  

यस प्रणालीको प्रयोगबाट बजारमा सूचना प्रवाह तथा नियमको परिपालना कार्य सहज हुनुका साथै बजार सहभागीहरुको कानुन परिपालना लागत (Compliance Cost)मा कमी आउने बोर्डले जनाएको छ  । बोर्डले लगानीकर्ताको सुसूचित हुन पाउने अधिकारलाई समेत दृष्ट्रिगत गरी संचालनमा ल्याइएको विद्युतीय विवरण प्रवाह तथा प्राप्ती प्रणाली एवं हाते पुस्तकको प्रकाशनबाट आमलगानीकर्ताहरुले धितोपत्रमा गर्ने लगानी सुसूचित हुन गई धितोपत्र बजार स्वच्छ, पारदर्शी तथा प्रतिस्पर्धी हुने अपेक्षा गरेको जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved