सिटिजन्स बैंक Citizens Bank International Limited ले तिनाउ मिसन डेभलपमेण्ट बैंक Tinau Mission Bikas Bank Ltd. लाई प्राप्ति गर्ने भएको छ । दुई कम्पनीबीच आज शनिवार प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा सिटिजन्स बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र तिनाउ मिसनको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्र प्रसाद ओझाले हस्ताक्षर गरेका छन् ।
नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त तिनाउ मिसनको प्रधान कार्यालय बुटवलमा रहेको छ । हाल सिटिजन्स बैंकको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने तिनाउ मिसन डेभलपमेण्ट बैंकको चुक्ता पूँजी १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।
शेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदन (डिडिए) द्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा १६४ हुनेछ ।