नेप्सेमा तिनाउ मिसन डेभलपमेण्ट बैंकको कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2020 | 11:04:31 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा तिनाउ मिसन डेभलपमेण्ट बैंक Tinau Mission Bikas Bank Ltd. को शेयर कारोबार रोक्का भएको छ ।  बैंकलाई  सिटिजन्स बैंक Citizens Bank International Limited  ले प्राप्ति गर्ने सम्झौता गरेसंगै नेप्सेमा कारोबार रोक्का भएको हो । 

दुई कम्पनीबीच शनिवार प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा सिटिजन्स बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र तिनाउ मिसनको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्र प्रसाद ओझाले हस्ताक्षर गरेका छन् । 

सिटिजन्सले १००:९६ को स्वाप अनुपातमा गाभ्न लागेको हो । जस अनुसार तिनाउ मिसनको १०० कित्ता शेयर हुनेले सिटिजन्सको ९६ कित्ता शेयर पाउने छन् । यद्यपि विस्तृत मूल्यांकन प्रतिवेदन (डिडिए) पछि अन्तिम स्वाप यकिन गरिने बैंकले जनाएको छ । डिडिए प्रतिवेदन आएपछि यस स्वापमा १० प्रतिशत तल माथि हुन सक्ने सम्झौतामा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त तिनाउ मिसनको प्रधान कार्यालय बुटवलमा रहेको छ । हाल सिटिजन्स बैंकको चुक्ता पूँजी  ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने तिनाउ मिसन डेभलपमेण्ट बैंकको चुक्ता पूँजी १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा १६४ हुनेछ । 

मङ्सिर अन्तिम साता दुवै अन्स्थाले साधारणसभा गरेर राष्ट्र बैंकले स्वीकृति दिएमा पुस मसान्तबाट एकिकृतकारोबार गर्ने सम्झौतामा उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved