
एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजना) ले स्वचालित कारोबार प्रणाली लागु गरेको छ । नेपालको पहिलो र एकमात्र खुलामुखी यस योजनाले संचालनमा आएको एक वर्ष पुगेको अवसर पारेर स्वचालित कारोबार प्रणाली लागु गरेको हो ।
योजना व्यवस्थापक एनआईबिएल एस क्याप्टिलले आवश्यक पूर्वाधार निर्माण गरी यस योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पँहुचलाई ईन्टरनेटको माध्यमद्धारा आम लगानीकर्ताहरु माझ सहजै उपलब्ध गराउने उद्देश्यका साथ स्वचालित कारोबार प्रणाली लागु गरिएको जनाएको छ ।
यस प्रणाली मार्फत आम लगानीकर्ताहरु तथा इकाईधनीहरुले हालका लागी योजनाका ईकाई खरिद गर्न सक्ने, व्यवस्थित लगानी योजना (Systematic Investment Plan-SIP) मा दर्ता, व्यवस्थित लगानी योजनाको किस्ता रकमको भुक्तानी, युजर लगईन दर्ता तथा युजर लग ईन मार्फत अन्य विभिन्न सुविधाहरु प्राप्त गर्न सक्ने क्यापिटलले जनाएको छ ।
योजनाको कोष प्रबद्र्धक नेपाल ईन्भेष्टमेण्ट बैंक रहेको छ भने एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी हो।
यो पनि : नेपालकै पहिलो स्किम: जहाँ सानो सानो लगानीले पुरा हुन्छन ठुला सपना