मार्जिन सुविधा प्रदान गरिरहेका ५ वटा ब्रोकरको अनुमतिपत्र खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2020 | 08:17:08 PM मा प्रकाशित

laxmi  sunrise bank

मार्जिन सुविधा प्रदान गरिरहेका ५ वटा ब्रोकर कम्पनीको अनुमतिपत्र खारेज भएको छ । आ.व.०७७÷७८ का लागि नेप्सेमा मार्जिन कारोबार सेवा नवीकरण गर्न निवेदन नदिएका कारण यी कम्पनीको अनुमतिपत्र खारेज भएको हो ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार मार्जिन कारेबार सेवा नवीकरणका लागि निवेदन प्राप्त नभएका ५ सदस्य दलालहरुको अनुमतिपत्र स्वतःखारेज भएको हो  । मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ परिच्छेद –१ को दफा ६(१) मा अनुमतिपत्र प्राप्त कम्पनीले हरेक आर्थिक वर्षको लागि मार्जिन कारोबार सेवा नवीकरण गर्नु पर्ने ब्यबस्था छ ।

यो ब्यबस्था अनुसार १७ कम्पनीको अनुमतिपत्र नवीकरण गरिएको र ५ कम्पनीको अनुमतिपत्र खारेज गरिएको हो । 

हेर्नुस अनुमतिपत्र नविकरण गरिएका र खारेज गरिएका ब्रोकरको विवरण : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved