ज्योति लाइफले डाक्यो साधारणसभा, आईपिओ निष्काशन विशेष प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2020 | 08:02:53 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाइफ Jyoti Life Insurance Company  ले तेस्रो साधारणसभा डाकेको छ । कम्पनीले कार्तिक २६ गते काठमाडौँको ज्ञानेश्वर स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो । 

साधारणसभाले संचालक समितिको  प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण छलफल गरि पारित गर्ने, लेखापरिक्षकको नियुक्त तथा निजको पारिश्रमिक तोक्ने साधारण प्रस्ताव पेश हुदै छन् । त्यस्तै विशेष प्रस्तावमा धितोपत्र दर्ता गरी आईपिओ निष्काशन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, र प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने अख्तियारी संचालक समितिलिई दिने लगायतका प्रस्ताव पेश हुने छन् । 

कम्पनीले ६६ करोड बराबरको ६६ लाख कित्ता आइपिओ जारि गर्न लागेको हो। आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनिको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved