पुँजीबजारबारेको निबन्ध प्रतियोगितामा एकता अवस्थी प्रथम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2020 | 09:53:07 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल धितोपत्र बोर्डमा कार्यरत कर्मचारीहरूको आधिकारिक यूनियन नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनले गरेको पूँजीबजार सम्बन्धी पहिलो राष्ट्रिय निबन्ध प्रतियोगिताको नतिजा घोषणा भएको छ । 


युनियनका अनुसार स्वतन्त्र निर्णायक समूहको मुल्याङ्कन तथा सम्पादन समूहको मुल्याङ्नका आधारमा Institute of Advanced Communication, Education and Research (IACER) मा एमफिलमा अध्ययनरत एकता अवस्थीको महिला शक्तिकरण र पूँजीबजार शिर्षकको निबन्ध सर्वोत्कृष्ट भएको छ। प्रतियोगितामा अर्जुन बहादुर पाठक (एमफिल – त्रिवि) द्वितिय तथा उज्जल घिमिरे (ACCA – Seed Financial Academy) तृतीय भएको युनियनले जनाएको छ । यस्तै युवराज दहाल, सुजन बाबु अधिकारी, कपिल श्रेष्ठ र कविता कार्कीले सान्तव्ना स्थान प्राप्त गरेको छ।


प्रतियोगितामा प्रथम हुने सहभागीलाई २०,००० नगद तथा सम्मान पत्रद्धितिय हुने सहभागीलाई १५,००० नगद तथा सम्मानपत्रतृतीय हुने सहभागीलाई १०,००० नगद तथा सम्मान पत्र साथै चार सहभागीलाई प्रोत्साहन पुरस्कार स्वरुप ५,००० जनही  सम्मानपत्र पुरस्कारको व्यवस्था गरिएको युनियनले जनाएको छ ।


विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजित पूँजीबजार सम्बन्धी पहिलो राष्ट्रिय निबन्ध प्रतियोगितामा देशभरका स्कुल, कलेज तथा विश्वविद्यालयमा स्नातकोत्तर/दर्शनाचार्य तहसम्म अध्ययनरत विद्यार्थीहरू सहभागी थिए। प्रतियोगिताका लागि विभिन्न छ बटा बिषयहरू प्रदान गरिएकोमा सहभागीले आफूलार्इ उपयुक्त लागेको कुनै एक बिषय छनौट गरी सहभागिता जनाउन सकिने व्यवस्था गरिएकोमा ८३ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।


युनियनका अनुसार प्राप्त निवन्धहरूलाई आन्तरिक रूपमा रहेको सम्पादन समूहबाट पहिलो चरणमा उत्कृष्ट ५० निबन्ध छनौट गरीएको थियो भने दोस्रो चरणमा उत्कृष्ट २५ निबन्ध (समान अंकका कारण २७) छनौट गरी स्वतन्त्र निर्णायकको समूहलाई मूल्याङ्कनका लागि पठाइएको थियो। 


निर्णायक समूहको संयोजन त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायको डिन प्रा.डा. कुसुम शाक्यले गरेकी थिइन् भने अन्य सदस्यहरूमा वरिष्ठ पत्रकार प्रकाश अधिकारी तथा रिलायन्स लाइफ इनस्योरेन्सका सिइयो तथा मर्ण्चेट बैंकर एसोसियसनका पूर्व अध्यक्ष प्रविण रमण पराजुली रहेका थिए 


प्रतियोगिताका उत्कृष्ट ५० निबन्धलाई पुस्तकका रूपमा प्रकाशन गर्न लागिएको युनियनले जनाएको छ।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved