नबिल इन्भेस्टमेन्टको साधारणसभा आह्वान, बैंकलाई ४ करोड लाभांश

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Oct 21, 2020 | 08:25:30 AM मा प्रकाशित

laxmi bank

नबिल इन्भेस्टमेन्ट बैंकिंग Nabil Investment Banking  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक २६ गते बुधबार नक्साल स्थित आफ्नै सभाकक्षमा सभा आह्व्ना गरेको हो ।

साधारणसभाले लाभांश सहितका विभिन्न प्रस्ताव पारित गर्ने छ । कम्पनीको साधारणसभाले २० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गर्ने छ । यो कम्पनी नबिल बैंकको सहायक कम्पनी भएकोले बैंकले यो लाभांश पाउने छ ।

त्यस्तै सभाले आर्थिक वर्ष ७६/७७ को संचालक समितिको प्रतिवेदन तथा वित्तीय विवरण छलफल गरि पारित गर्ने छ भने आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved