नेपाल ल्युब ओइलको लाभांश पारित, चुक्ता पुँजी ५ करोड पुर्याउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 08:11:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ल्युब ओइल लिमिटेड Nepal Lube Oil Limited को लाभांश पारित भएको छ । कम्पनीको बुधबारको साधरणसभाले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट बितरण गर्ने लाभांश पारित गरेको हो  । साधारणसभाले पारित गरेसंगे अब लगानीकर्ताले १० प्रतिशतको दरले नगद लाभांश पाउने छन्  ।  

सभामा अध्यक्ष अरुणकुमार चौधरी तथा बोर्ड अफ डाइरेक्टर, कम्पनी सचिव र अन्य सेयरहोल्डरहरुको स्वंय उपस्थितीबाट ५३.१४ प्रतिशत सहभागिता रहेको र जुम लगायतका भर्चुअल माध्यमबाट १५.०१ प्रतिशत उपस्थिति गरि ६८.१५ प्रतिशत सहभागी भएको कम्पनीले जनाएको छ  । 

सभाले आर्थिक वर्ष ७६/७७ को वित्तीय विवरण पारित गर्ने, लेखा परीक्षक प्रतिवेदन र नगद प्रवाह विवरण पारित गर्ने, लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै सभामा कम्पनीको चुक्ता पुँजी ३ करोडबाट ५ करोड पुर्याउने विशेष प्रस्ताव पारित गरेको छ । प्रस्तावित पूंजी वृद्धि कुन माध्यमबाट गर्दा कम्पनीको निमित्त उपयुक्त हुनेछ भन्ने अध्ययन गरेर कम्पनीले पछि निर्णय गर्ने भएको छ। 

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री र वितरण गर्दै आएको छ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट्स ब्रान्ड हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved