सेयर बजारमा ३ बर्ष यताकै ऐतिहासिक छलाङ, जानकार भन्छन्- नसोचेको हुनुमा ३ कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 28, 2020 | 08:02:01 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैं विदापछि खुलेको पहिलो दिनको सेयर कारोबारमा बजार सूचक नेप्से तीन बर्ष यताकै उच्च बिन्दुमा उक्लिएको छ । ४१ दशमलव २० अंकको वृद्धिका साथ नेप्से तीन बर्ष यताकै १६४७ दशमलब ४५ अंकको बिन्दुमा उक्लिएको हो । 

तीन बर्ष अगाडी २०७४ भदौ १२ गते सोमबारका दिन नेप्से परिसूचक १६४७ दशमलब ४५ को बिन्दुमा उक्लिएको थियो । पछिल्लो अढाई महिना यता उकालो लाग्न थालेको नेप्से बर्ष अगाडी कै बिन्दुमा पुग्दा लगानीकर्तामा नयाँ उत्साह थपेको छ ।  

आज १८८ कम्पनीका ९३ लाख २२ हजार ८५ कित्ता सेयर ४२ हजार ६१८ पटक कारोबार हुँदा २ अर्ब ७२ करोड ५९ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

जसमा सबै भन्दा बढी कारोबार हुनेमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आइएमई बैंकको मात्रै २० करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै प्राइम कमर्शियल बैंक र नेपाल फाइनान्स लिमिटेडको सेयर मुल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक नै लागेको छ।

दशैं विदा लगत्तैको पहिलो दिनको सेयर कारोबारमा २ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार र नेप्से परिसूचक पनि ४१ अंकले बढ्नु 'नसोचेको' भएको सेयर बजारका जानकारहरुको भनाई छ । 

यसअघिका दशैं तिहार लगायतका चाडपर्वमा ब्रोकरमै पुगेर कारोबार गर्नुपर्ने अवस्था भएपनि अहिले जहाँबाट पनि अनलाइन मार्फत कारोबार गर्ने सुविधा भएकाले दशैं लगत्तै यति ठुलो भोलुममा कारोबार भएको विश्लेषण गरिएको छ। 

अर्कोतर्फ आजका दिनमा पनि आयात तथा अन्य कारोबार बन्द जस्तै अवस्थामा रहेकाले उक्त पैसा सेयरबजारमा आएकाले पनि कारोबार भोलुमलाई वृद्धि हुनलाई मद्दत मिलेको देखिन्छ। 

त्यस्तै सेयरबजारमा सुचिकृत कम्पनीहरु मध्ये करिब ७० प्रतिशत हिस्सा ओगटेका बैंकहरुले आशा गरेभन्दा बढी लाभांश प्रस्ताव गरिरहेकाले सेयरका लगानिकर्तामा उत्साह थपिएको देखिन्छ। आजको कारोबारमा बैंकिङ समुहको वृद्धि पनि यसैको एउटा उदाहरण भएको सेयरका जानकारहरुको भनाई छ। 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved