नेपाल बैंकको ३ महिनाको कमाई ५५ करोड, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2020 | 02:08:46 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बैंक Nepal Bank Limited  ले ५५ करोड ४ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ५८ करोड १८ लाख खुद नाफा कमाएकोमा यस वर्ष बैंकको खुद नाफा ५.४० प्रतिशतले घटेको हो । 

यस अवधिमा बैंकको संचालन मुनाफा भने २७.६० प्रतिशतले बढेर ७७ करोड ८९ लाख पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ११.५४ प्रतिशतले बढेर १ अर्ब ४८ करोड पुगेको छ । पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा १९ करोड ६४ लाख रहेको छ ।  त्यस्तै बैंकको निक्षेप २.३६ प्रतिशतले बढेर १ खर्ब ४५ अर्ब पुगेको छ भने कर्जा प्रवाह १ खर्ब ७ अर्ब रहेको छ । 

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १९.५१ रुपैयाँ, प्रति शेयर नेट वर्थ २७३.४९ रुपैयाँ, खराब कर्जा ३.०२ प्रतिशत, बेस रेट ६.८१ प्रतिशत, कोषको लागत ३,९७ प्रतिशत, सिसिडि ६६.५४ प्रतिशत र पुँजी पर्याप्तता अनुपात १७.०३ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खराब कर्जा २.७५ प्रतिशत थियो ।

११ अर्ब २८ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १९ अर्ब ५७ करोड रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved