सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2020 | 08:09:32 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited को लाभांश सुरक्षित गर्ने आज कार्तिक १६ गते अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि कात्तिक १७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज कात्तिक १६ गतेसम्म कायम सेयरधनीहरुले मात्र बैंकले गत आर्थिक बर्षको मुनाफाबाट दिने लाभांश प्राप्त गर्न तथा बार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन । 

बैंकले यहि कात्तिक २८ गतेको लागि आफ्नो १६ औं बार्षिक साधारणसभा आह्वान गरेको छ ।  बार्षिक साधारण सभा अम्रापाली ब्यान्केट बालुवाटारमा डाकिएको भएपनि कोभिड १९ को बढ्दो जोखिमलाई मध्यनजर गरेर लगानीकर्तालाई भर्चुअल उपस्तिथीको व्यवस्था गरिएको बैंकले जनाएको छ । 

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजन सहित ३.६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  साधारणसभामा पारित्गरेपाची उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । 

त्यस्तै साधारणसभाका अन्य एजेन्डामा बैंकको अधिकृत पुंजी ९ अर्बबाट वृद्धि गरेर १२ अर्ब पुर्याउने, हालको जारी तथा चुक्तापुंजी ८ अर्ब ८० करोडलाई वृद्धि गरि ९ अर्ब ६० करोड पुर्याउने, २०७६७७ को बास्लात स्वीकृत गर्ने, कुनै बैंक वित्तीय संस्थालाई मर्जर वा प्राप्ति गर्नलाई संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायत छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved