मर्जपछि सारथी नेपाल लघुवित्तको कारोबार सुरु, केहि मिनेट मै सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2020 | 11:40:20 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सारथी नेपाल लघुवित्तको शेयर कारोबार सुचारु भएको छ । साविक नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त मर्ज भएपछि कायम भएको सारथी नेपाल लघुवित्तको शेयर कारोबार आज सोमबारबाट सुचारु भएको हो 

आज पहिलो दिनको कारोबारमा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मर्जरपछि ८३४ रुपैयाँबाट कारोबार सुरु भएकोमा यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्य ९.९५ प्रतिशतले बढेर ९१७ रुपैयाँ पुगेको छ। कम्पनीको SNLB सिम्बलबाट शेयर कारोबार सुचारु भएको हो । इतबार कम्पनीको २३ लाख ५३ हजार ८ सय २१ कित्ता शेयर सुचिकृत भएको थियो । 

यी दुई कम्पनी १:१ को स्वापमा मर्ज भएका हुन् । सारथी लघुवित्तले सर्वसाधारणलाई आईपीओ जारी गरेको थिएँ ।  अब सारथी नेपालले संस्थापक र सर्वसाधारणको शेयर रेसियो ७०:३० कायम गर्न र त्यो अनुपात मिलाउन आवश्यक मात्रमा एफपिओ निष्काशन गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved