स्टक डिलर कम्पनी तिहार लगत्तै शेयरबजार प्रवेश गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2020 | 10:25:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषको नागरिक स्टक डिलर कम्पनी तिहार लगत्तै शेयरबजार प्रवेश गर्ने भएको छ । बजार प्रवेशको लागि तयारी अन्तिम चरणमा पुगेकोले तिहार लगत्तै बजार प्रवेश गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको हो  ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले आवश्यक पूर्वाधार तयार भईरहेको बताए । उनका अनुसार नेप्सेको निर्देशन अनुसार ब्रोकर ब्याक अफिस र डाटा सेन्टर तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ। नेप्सेको निर्देशन अनुसारको पूर्वाधार तयार पारे पछि नेप्सेले निरीक्षण गर्ने र  ब्रोकर कोड प्रदान गर्ने उनले बताए । यी सबै कार्य तिहार अगाडी नै सकिने र तिहारपछि बजार प्रवेश गर्ने गरी तयारी भईरहेको उनको भनाई छ ।

स्टक डिलरको क्षेत्रफल कम्तीमा ५०० वर्गफिट हुनुपर्ने, कम्तीमा ५ थान कम्प्यूटर, प्रिण्टर, फ्याक्स तथा टेलिफोन हुनु पर्ने, कम्तीमा स्नातक तह उत्तिर्ण गरेको दुइजना सहित कम्तीमा सात जना कर्मचारी राखेको हुनु पर्ने र संगठन संरचना तथा कार्य विभाजन सम्बन्धी व्यवस्था गरेको हुनु पर्ने छ । त्यस्तै स्टक डिलरले नेप्सेले तोएको मापदण्ड अनुसारको डाटा सेन्टर तयार पार्नु पर्ने छ । 

कम्पनीले नयाँ बानेश्वरको कृष्णा टावरमा कार्यालय स्थापना गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved