सानिमा जनरल इन्स्योरेन्सको आईपिओ सुचिकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2020 | 02:18:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिमा जनरल इन्स्योरेन्स Sanima General Insurance Company को आईपिओ सुचिकृत भएको छ  । मंगलबार कम्पनीको १ करोड कित्ता शेयर सुचिकृत भएको हो  ।

शेयर सुचिकृत भएसंगै बुधबारबाट कम्पनीको SGI सिम्बलबाट शेयर कारोबार हुने छ  । पहिलो कारोबारको लागि नेप्सेले १०३.७३ देखि ३११.१९ सम्मको सुरुवाती रेन्ज तोकेको छ  । नेप्सेके पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ  । यो रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट कम्पनीको कारोबार सुरु गर्न सकिन्छ  । 

कम्पनीको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त भएको छ ।  सानिमा जनरलको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही  सानिमा क्यापिटलले गर्ने भएको छ । 

कम्पनीले असोज २१ गतेदेखि प्रति शेयर १ सय अंकित दरले हुने ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गरेको थियो । सर्वसाधारण शेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता  पूँजी एक अर्ब रुपैयाँ पुगेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved