प्राइम कमर्शियल बैंकले माग्यो ऋणपत्र निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2020 | 07:56:39 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्शियल बैंक Prime Commercial Bank Limited   ले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा अवेदन दिएको छ । बैंकले कार्तिक १४ गते बोर्डमा आवेदन दिएको हो 

बैंकले १ हजार अंकित दरका ३५ लाख  कित्ता बराबरको ३ अर्ब ५० करोड रकम बराबरको ऋणपत्र निष्काशनको लागि अनुमति माग गरेको हो । जस मध्ये १अर्ब ४० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि निष्काशन हुने छ भने २अर्ब १० करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजि तवरबाट बिक्रि हुने छ । ८ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ८.७५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । ऋणपत्र निष्काशनको लागि बैंकले आरबिबि मर्चेन्ट बैंकिंगलाई बिक्रि प्रबन्धक चयन गरेको छ । 

धितोपत्र बोर्डले अनुमति दिएपछि बैंकले ऋणपत्र निष्काशन गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved