
कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा अवेदन दिएको छ । बैंकले कार्तिक १४ गते बोर्डमा आवेदन दिएको हो ।
बैंकले १ हजार अंकित दरका १० लाख कित्ता बराबरको १ अर्ब रकम बराबरको ऋणपत्र निष्काशनको लागि अनुमति माग गरेको हो । जस मध्ये ४० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि निष्काशन हुने छ भने ६० करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजि तवरबाट बिक्रि हुने छ । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ९.५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । ऋणपत्र निष्काशनको लागि बैंकले एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक चयन गरेको छ ।
धितोपत्र बोर्डले अनुमति दिएपछि बैंकले ऋणपत्र निष्काशन गर्ने छ।