१७ प्रतिशतले घट्यो आरएमडीसी लघुवित्तको नाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2020 | 09:46:11 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आरएमडीसी लघुवित्त RMDC Laghubitta Bittiya Sanstha  को खुद नाफा १७.५८ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ७.३५ करोड खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६.०५ करोड नाफा कमाएको हो।

कम्पनीको खुद ब्याज आम्दानी पनि १४.१२ प्रतिशतले घटेर १०.१८ करोड मै सिमित भएको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ११.८५ करोड खुद ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको सापटी ७.८३ प्रतिशतले घटेर ६ अर्ब ९६ करोड कायम भएको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीको सापटी ७ अर्ब ५५ करोड थियो । कम्पनीको कर्जा प्रवाह भने १.८८ प्रतिशतले बढेर ८ अर्ब २७ पुगेको छ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ३ करोड रहेको छ भने रिजर्भमा १ अर्ब ५८ करोड रहेको छ । कम्पनीको रिजर्भ पनि ६.२३ प्रतिशतले घटेको हो । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २३.४३ रुपैयाँ, प्रति शेयर नेटवर्थ २५३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३६.५३ गुणा र कोषको लागत ५.५९ प्रतिशत रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved