५४ प्रतिशतले बढ्यो प्राइम बैंकको नाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2020 | 08:48:30 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम कमर्शियल बैंक Prime Commercial Bank Limited  को खुद नाफा ५४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ६५.९७ करोड खुद नाफा कमाएको बैंकले यस आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १ करोड नाफा कमाएको हो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा ३३ करोड ८४ लाख रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी ४६.२४ प्रतिशतले बढेको छ । बैंकको खुद ब्याज आम्दानी १ अर्ब ६ करोडबाट बढेर १ अर्ब ५५ करोड पुगेको हो । त्यस्तै बैंकको निक्षेप ४.२४ प्रतिशतले बढेर १ खर्ब २४ अर्ब पुगेको छ भने कर्जा प्रवाह २.७१ प्रतिशतले बढेर १ खर्ब १३ अर्ब पुगेको छ ।

हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ९८ करोड रहेको छ भने रिजर्भमा ७ अर्ब ५८ करोड रहेको छ । बैंकको खराब कर्जा १.३७ प्रतिशतले बढेको छ भने सिसिडि ८०.०३ प्रतिशत रहेको छ ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २९.११ रुपैयाँ, प्रति शेयर नेट वर्थ १५४.२६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९,८६ गुणा, बेस रेट ८.१२ प्रतिशत, कोशो लागत ६.२६ प्रतिशत, रपुँजी पर्याप्तता अनुपात १४.०८ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved