सिटिजन्स बैंकको लाभांश परिमार्जन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2020 | 10:20:43 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited को लाभांश परिमार्जन भएको छ । बैंकले यस अघि घोषणा गरेको लाभांशमा कुल लाभांश परिवर्तन नगरी बोनस र नगद लाभांशको दर मात्र परिमार्जन गरेको हो ।

यस संगै बैंकले आर्थिक वर्ष २०७६–७७ मुनाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने छ  । यस अघि बैंकले ७.७० प्रतिशत बोनस शेयर र कर सहित ३.३० प्रतिशत नगद लाभांश गरी शेयरधनीलाई कुल ११ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो । बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार बोनस र नगद लाभांशको दर मात्र परिमार्जन गरेको हो । 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने छ । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८ करोड ९८ लाख रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved