खुद ब्याज आम्दानी घटेपनि १५ प्रतिशतले बढ्यो लुम्बिनी विकास बैंकको नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2020 | 09:37:38 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लुम्बिनी विकास बैंक Lumbini Bikas Bank Limited को खुद नाफा १५ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ९ करोड ६७ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षमा बैंकले ११ करोड १७ करोड खुद नाफा कमाएको हो।

बैंकको खुद ब्याज आम्दानी भने १८ प्रतिशतले घटेर २४ करोड ९५ लाख कायम भएको छ ।  यद्यपि कम्पनीको संचालन मुनाफा १५ प्रतिशतले  बढेको छ । यस अवधिमा बैंकको कर्जा प्रवाह ४.९८ प्रतिशतले बढेर २५ अर्ब ४५ करोड पुगेको छ भने निक्षेप संकलन १५.६४ प्रतिशतले बढेर ३२ अर्ब ४४ करोड पुगेको छ । 

२ अर्ब ७१ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १ अर्ब ६५ रहेको छ । बैंकको खराब कर्जा भने २.३६ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १६ रुपैयाँ ४५ पैसा, प्रति शेयर नेट वर्थ १६० रुपैयाँ ९८ पैसा, मूल्य आम्दनी अनुपात १३.१९, बेस रेट ९.६५ प्रतिशत, कोषको लागत ७.२३ प्रतिशत, सिसिडि ७३.१३ प्रतिशत, र पुँजी पर्याप्तता अनुपात १२.६८ प्रतिशत रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved