घोडीघोडा र युनिक नेपाल लघुवित्त मर्ज हुने, माघ भित्र एकिकृत कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2020 | 01:01:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा घोडीघोडा लघुवित्त Ghodighoda Laghubitta Bittiya Sanstha  को कारोबार रोक्का भएको छ । घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्तबीच मर्जर सम्झौता भएपछि घोडीघोडाको शेयर कारोबार रोक्का भएको हो 

सम्झौता अनुसार मर्जरपछि बन्ने कम्पनीको नाम युनिक नेपाल लघुवित्त रहने छ भने कम्पनीको मुख्य कार्यालय हाल युनिक रहेको बाँकेको कोहलपुर मै हुनेछ । मर्जपछि बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत र संचालकसमिति अध्यक्षमा हाल युनिक कै सीइओ र अध्यक्षले निरन्तरता पाउने छन्। घोडीघोडाका हालका सीइओ मर्ज पछि बन्ने कम्पनीको डेपुटी सीइओ रहने छन्  । कम्पनीले माघ महिना भित्र एकिकृत कारोबार गर्ने गरि तालिका बनाएको जनाएको छ

स्वाप रेसियो भने डिडिए प्रतिवेदनको आधारमा तय गरिने सहमति भएको कम्पनीले जनाएको छ ।  

हाल युनिक नेपालको चुक्ता पूँजी. ६ करोड ३० लाख रहेको छ भने घोडीघोडाको चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रहेको छ  । युनिक नेपालले हालसम्म आईपिओ निष्काशन गरेको छैन  । अब मर्जरपछि बन्ने लघुवित्तले संस्थापक र सर्बसाधारणको शेयर स्वामित्व मिलाउन एफपिओ जारी गर्ने छ  । 

घोडीघोडाको मुख्य कार्यालय कंचनपुरमा रहेको छ भने युनिक नेपालको मुख्य कार्यालय कोहलपुर बाँकेमा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved