एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2020 | 09:05:43 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएलजी इन्स्योरेन्स NLG Insurance Company को लाभांश सुरक्षित गर्ने आज सोमबार २४ गते अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक २५ बुक क्लोज गर्ने निर्णय गरेकोले आज कार्तिक २४ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

कम्पनीले मङ्सिर ५ गते शुक्रबार वेबिनार मार्फत सभा गर्न लागेको हो  । साधारणसभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन्  । कम्पनीले  आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट  ७ प्रतिशतले हुन आउने ७ करोड १७ लाख २५ हजार बराबरको बोनस शेयर  र कर प्रयोजनको लागि ०.३७ प्रतिशतले हुन आउने ३७ लाख ७५ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ 

त्यस्तै सभामा  आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने, समुह 'ख' शेयरधनी समायोजन गर्ने, सोहि अनुसार प्रन्बंधपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप आवश्यक संशोधनको लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved