शिवम् सिमेन्टको साधारणसभा आज, यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2020 | 09:13:28 AM मा प्रकाशित

laxmi  sunrise bank

शिवम् सिमेन्टले आज कार्तिक २४ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले आफ्नै कर्पोरेट कार्यालय अनामनगरमा सभा आह्वान गर्न लागेको हो।

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट कर सहित २४.२१ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश बितरण हुने छ ।

त्यस्तै सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने, थप कर्जा लिन अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन्  ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक १३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले कार्तिक १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved