ब्रोकर कमिशनसम्बन्धी अध्ययन भइसक्यो: अध्यक्ष ढुंगाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2020 | 02:49:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले धितोपत्र बजारको प्रतिष्ठा बढाउनुको लागि ब्रोकरहरुले विशेष भूमिका खेल्नु पर्ने बताएका छन् ।  स्टक ब्रोकर एशोसियशन अफ नेपालका नवनियुक्त पदाधिकारीहरुको प्रतिनिधिमण्डलसँगको भेटमा अध्यक्ष ढुंगानाले यस्तो बताएका हुन् । 

अध्यक्ष ढुंगानाले टिएमएसलाई थप प्रभावकारी बनाई बैंक इन्टिग्रशनको कार्य चाडै सम्पन्न गरी यसलाई लगानीकर्ताहरुले आफ्नो चाहना अनुरुपका धितोपत्र बजारका विभिन्न उपकरणमा लगानी गर्न सकिने गरी अन्तर्राष्ट्रिय स्तरको लगानीकर्तामैत्री बजार बनाउनुपर्ने बताएका छन् । उनले मार्जिन कारोवारलाई विस्तार गरी धितोपत्रको तरलता प्रदान गर्ने औजारको रुपमा विकास गर्ने, ऋणपत्रको दोस्रो बजार विस्तार गर्ने, ब्रोकरको शाखा कार्यालयमार्फत् दोस्रो बजारको पहुँच विस्तार गर्ने, आधिकारिक प्रतिनिधिका लागि पाठ्यक्रम विकास गरी ऐन अनुसार सो व्यवस्था प्रचलनमा ल्याउन कार्यविधि बनाउने, ब्रोकर कमिशनसम्बन्धी अध्ययन भइसकेकोमा सरोकारवाला पक्षसँग छलफल गरी अन्तिम रुप दिने लगायतका कार्य आगामी दिनमा सम्पन्न गर्नुपर्ने बताए ।

ब्रोकर एशोसियशन संघको नवनियुक्ति कार्यसमितिले आइतबार बोर्ड अध्यक्ष ढुंगानालाई भेट गरेको हो । प्रतिनिधिमण्डलको नेतृत्व स्टक ब्रोकर एशोसियशन अफ नेपालका नवनियुक्त अध्यक्ष सन्तोष मैनालीले गरेका थिए । 

 भेटमा नवनियुक्त अध्यक्ष मैनालीले कोभिड–१९ का कारण धितोपत्रको दोस्रो बजारमा अवसर र चुनौती दुवै आएको उल्लेख गर्दै यसबीचमा अनलाइनमार्फत् कारोवार गर्ने लगानीकर्ताको संख्यामा उल्लेख बृद्धि भई दोस्रो बजारको दायरा बढिरहेकोमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई नयाँ उपकरणमार्फत् लगानीको थप अवसर प्रदान गरी बजार विस्तार गर्ने चुनौती कायमै रहेको तथा धितोपत्रको दोस्रो बजार प्रविधिमैत्री हुदै गर्दा ट्रेड म्यानेजमेनज सिस्टम (टिएमएस) र यसमा निहित जोखिम व्यवस्थापनका लागि छुट्टै संरचना र नीति ल्याई धितोपत्रको दोस्रो बजार कारोवारलाई व्यवस्थित बनाउनुपर्ने विचार व्यक्त गरेका थिए। त्यस्तै, भेटमा स्टक ब्रोकर एशोसियशन अफ नेपालका नवनियुक्त उपाध्यक्ष धर्मराज सापकोटा लगायत अन्य पदाधिकारीहरुले धितोपत्रको दोस्रो बजार सेवालाई थप संस्थागत बनाउदै लैजान आवश्यक रहेकोले त्यसमा एशोसियशनले विशेष भूमिका खेल्ने बताउँदै नियमन निकायको रुपमा बोर्डले दिने निर्देशनको अक्षरस पालना गर्दै जाने र बजार विकासका लागि बोर्डबाट अभिभावकको भूमिका अपेक्षा गरेको बताएका थिए । 

भेटमा एशोसियशनका निवर्तमान अध्यक्ष भरत रानाभाटको समेत उपस्थिति थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved