शिवम् सिमेन्टको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2020 | 05:35:49 PM मा प्रकाशित

laxmi  sunrise bank

शिवम् सिमेन्ट्सको लाभांश पारित भएको छ। कम्पनीको आज भर्चुअल माध्यमबाट सम्पन्न साधारणसभाले आर्थिक वर्ष ७६/७७ को लाभांश पारित गरेको छ  । 

सभाले कम्पनी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी  ४ अर्व ४० करोडको २४.२१ प्रतिशतका दरले नगद लाभाँस वितरण गर्ने प्रस्ताव पारित गरेको हो। त्यस्तै सभाले  वार्षिक प्रतिवेदन पारित गरेको छ भने चालु आर्थिक वर्षको लागि लागि लेखापरीक्षक नियुक्ती लगायतका सबै प्रस्तावहरु सर्वसम्मतीले पारित गरेको छ। 

सभामा शेयरधनीहरुले व्यक्त गरेका राय, सुझाव, टिप्पणी, जिज्ञासाहरुलाई सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुरेन्द्र कुमार गोयलले जवाफ दिएका थिए । सहभागि शेयर धनीहरुको सल्लाह, सुझाव तथा सुभेक्षाले गर्दानै कम्पनीको प्रगति र लक्ष्य हासिल गर्न कम्पनी सञ्चालक समिति र व्यवस्थापन तहलाई थप हौसला मिलेको अध्यक्ष गोयलले बताएका थिए  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved