साधारणसभाको लागि आरएमडीसी लघुवित्तको बुक क्लोज मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2020 | 12:14:38 PM मा प्रकाशित

laxmi  sunrise bank

आरएमडीसी लघुवित्त RMDC Laghubitta Bittiya Sanstha  ले साधारणसभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ ।  कम्पनीले साधारणसभाको लागि मङ्सिर ८ देखि मङ्सिर २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । 

यस संगै मङ्सिर २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । अब कम्पनीको साधारणसभाले पारित गरेपछि कम्पनीले प्रस्ताव गरेको लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले मङ्सिर २२ गते सभा आह्वान गरेको छ । 

हाल कम्पनीको चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार ४ सय २५ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved