१९५ प्रतिशतले बढ्यो अपि पावरको नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2020 | 09:20:16 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अपि पावर Api Power Company  को खुद नाफा १९५ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ३ करोड ५९ लाख नाफा कम्पनीको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर १० करोड ६४ लाख पुगेको हो 

त्यस्तै कम्पनीको विद्युत बिक्रिको आम्दानी १२१ प्रतिशतले बढेर १४ करोड १२ लाख पुगेको छ । त्यस्तै अन्य आम्दानी पनि २ लाख ९ हजारबाट बढेर ६ करोड १७ लाख पुगेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १९ करोड रहेको छ भने रिजर्भमा २८ करोड ९२ लाख रहेको छ । 

कम्पनीले ८.५ मेगावाटको नौगाड गड आयोजना र ८ मेगावाटको अपर नौगाड आयोजनाको निम्रना सम्पन्न भई विद्युत उत्पादन थाली सकेको जनाएको छ । कम्पनीले ४० मेगावाटको अपर चमेलिया जलविद्युत आयोजना, ८ मेगावाटको परवानीपुर सोलार आयोजना, ४ मेगावाटको चन्द्रनिगापुर सोलार आयोजना, १ मेगावाटको सीमार सोलार आयोजना र १ मेगावाटको ढल्केवर सोलार आयोजनाको विद्युत बिक्रि सम्झौता गरी निर्माण कार्य अगाडी बढाएको जनाएको छ 

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३५.७४ रुपैयाँ र प्रति शेयर नेटवर्थ १२४.३० रुपैयाँ रहेको छ । कम्पनीको दीर्घकालीन ऋण १ अर्ब ७२ करोड २८ लाख रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved