नेप्सेको सिस्टम अडिट गर्न पर्याप्त कम्पनी नै आएनन्, फेरी खुल्यो आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2020 | 07:54:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले इन्फर्मेशन सिस्टम अडिटको लागि आशयपत्र आह्वान गर्दा पर्याप्त आवेदन नपरेपछि दोस्रो पटक सूचना आह्वान गरेको छ ।  नेप्सेले पहिलो पटक २७ सेप्टेम्बरदेखि ११ अक्टोबरसम्मको मिति राखेर अडिट कार्यको लागि इच्छुक कम्पनीबाट आशयपत्र माग गरेको थियो  । 

तर पर्याप्त आवेदन नपरेपछि नेप्सेले आज दोस्रो पटक आशयपत्र आह्वान गरेको हो  ।  नेप्सेले यस पटक २६ नोभेम्बरसम्म मिति राखेर आशयपत्रको लागि आह्वान गरेको हो । 

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले पहिलो पटक ४ कम्पनीले मात्र आवेदन दिएको र ति मध्ये पनि २ कम्पनी अयोग्य भएकोले पुन: आवेदन आह्वान गरिएको बताए ।  सूचनामा नै उत्कृष्ट ६ कम्पनीलाई सिस्टम अडिटको लागि छनौट गरिने उल्लेख गरिएको र ४ वटा मात्र आवेदन परेकोले नेप्सेले पुन: आवेदन आह्वान गरेको उनले बताए  ।  

नेप्सेले ईच्छुक कम्पनीहरुसँग 'एक्सप्रेसन अफ इन्ट्रेस्ट, ईओआइ' माग गरेको हो। नेप्सेले अडिट कार्यको लागि योग्य हुनको लागि न्युनतम ६५ स्कोर आएको हुनु पर्ने उल्लेख गरेको छ । नेप्सेले कम्पनीको विशेषज्ञतालाई ४० प्रतिशत, अनुभवलाई ५० प्रतिशत र क्षमतालाई १० प्रतिशत मापन हुने गरी स्कोर तय गरिने जनाएको छ । नेप्सेले यस अघि इन्फर्मेशन सिस्टम अडिट सम्बन्धि कार्य गर्ने परामर्शदाताहरुबाट सिस्टम अडिटको अनुभव सहित आवेदन दिन आग्रह गरेको थियो । 

इन्फर्मेशन सिस्टम अडिटमा सूचना प्रविधिसँग सम्बन्धित सबै सफ्टवेयर र हार्डवेयरको लेखापरीक्षण गरिन्छ । यस अन्तर्गत नेप्सेसँग हाल भएका सम्पूर्ण सफ्टवेयर र  हार्डवेयरको अडिट अर्थात लेखापरीक्षण गरिने छ । नेप्सेको हालको शेयर कारोबार प्रणालीको पनि अडिट हुने छ । 

अडिट गर्ने कम्पनीले ति सिस्टममा भएका सकारात्मक पक्ष, नकारात्मक पक्ष, सबल पक्ष, कमजोर पक्ष, सुधार गर्नु पक्ष लगायतका विषयको पहिचान गरि आवश्यक सुझाव दिने छ । 

२ महिना  अघि अर्थ मन्त्रालयमा भएको छलफलमा नेप्सेले सिस्टम अडिटको लागि टेण्डर जारी गर्ने सहमति भएको थियो । सोहि अनुसार नेप्सेले इन्फर्मेशन सिस्टम अडिट कार्य अगाडी बढाएको हो । नेप्सेले २ वर्षपछि पहिलो पटक इन्फर्मेशन सिस्टम अडिट गर्न लागेको हो । 

हेर्नुस नेप्सेले दोस्रो पटक निकालेको सूचना: 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved