बैंक अफ काठमाण्डूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2020 | 10:31:06 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited को लाभांश सुरक्षित गर्ने आज कार्तिक २७ गते अन्तिम दिन रहेको छ।  बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक २८ गतेदेखि मङ्सिर १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज कार्तिक २७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँ सक्ने छन् । 

बैंकले मङ्सिर १५ गते सोमबार जुमको माध्यमबाट भिडियो कन्फरेन्समार्फत साधारणसभा गर्ने निर्णय गरेको छ । बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ३ प्रतिशत नगद गरि कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved