नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited को शेयर मूल्य समायोजन भएको छ । बैंकको १३ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजन अगाडी बैंकको मूल्य २९६ रहेकोमा समायोजनपछि मूल्य २६२ रुपैयाँ कायम भएको छ।
बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक २८ गतेदेखि मङ्सिर १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले कार्तिक २७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । बैंकले मङ्सिर १५ गते सोमबार जुमको माध्यमबाट भिडियो कन्फरेन्समार्फत साधारणसभा गर्ने निर्णय गरेको छ ।
बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ३ प्रतिशत नगद गरि कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।