४४ प्रतिशतले घट्यो हिमालयन बैंकको नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2020 | 10:42:16 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयन बैंक Himalayan Bank Limited  को खुद नाफा ४४.४१ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ६९ करोड ४२ लाख खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३८ करोड ५९ लाख खुद नाफा कमाएको हो ।

कम्पनीको संचालन मुनाफा पनि ४७.७१ प्रतिशतले घटेर ५१ करोड ७५ लाख कायम भएको छ । यस अवधिमा  बैंकको वितरणयोग्य मुनाफा ६२ लाख ६२ हजार रहेको छ ।

बैंकको निक्षेप १ खर्ब २८ अर्ब रहेको छ भने कर्जा प्रवाह ९९ अर्ब ३८ करोड रहेको छ ।  बैंकको खुद ब्याज आम्दानी २८.८१ प्रतिशतले घटेर ९३ करोड ८९ लाख कायम भएको छ । ९ अर्ब ३७ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ८ अर्ब ५८ करोड रहेको छ ।

बैंकको प्रति शेयर आम्दानी १६.४७ रुपैयाँ,  प्रति शेयर नेटवर्थ १९१.५९ रुपैयाँ,  बेस रेट ७.१६ प्रतिशत, कोषको लागत ५.०९ प्रतिशत, सिसिडि ६४.९७ प्रतिशत, र पुँजी पर्याप्तता अनुपात १५.१२ प्रतिशत रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved