दशैं तिहारमा बढी खर्च गर्ने कि जोगाएर यी कम्पनीका सेयर १०० रुपैयाँमै किन्ने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2020 | 07:42:43 PM मा प्रकाशित

laxmi  sunrise bank

तपाईले यो दशैं तिहारमा फजुल खर्च गर्ने योजना बनाउनु भएको छ ? यदि हो भने त्यसो नगर्नुहोस। तपाईले अहिले जोगाएको केहि रुपैयाँ भविष्यमा धेरै हजार बन्न सक्छ। पैसा जति भएपनि खर्चका लागि अपुग हुन्छ त्यसैले आजको थोरै बचत र लगानीले भविष्यमा राम्रो आम्दानि हुन सक्छ। भविष्यमा आम्दानीका लागि तपाइँले बिभिन्न उपाय अपनाउन सक्नुहुन्छ। 

लगानीका लागि बिभिन्न उपायमध्ये तपाईले थोरै जोखिम मोलेर सेयरमा लगानी गर्न सक्नुहुन्छ। अहिले खर्च जोगाएर सेयरमा गरिएको लगानीले बर्ष दुई बर्षमा नै राम्रो प्रतिफल दिन्छ। त्यसैले दशैंमा फजुल खर्च घटाएर सेयरमा लगानी गर्नु बुद्दिमानी हुन्छ।

प्राथमिक बजारमा बिभिन्न कम्पनीका सेयरहरु सय रुपैयाँमा नै आउने गर्छन। दोस्रो बजार भन्दा प्राथमिक बजारमा गरिएको लगानी तुलनात्मक रुपमा कम जोखिम हुन्छ भने प्रतिफलको पनि लगभग सुनिश्चितता नै हुनेगर्छ। दशैं लगतै केहि कम्पनीले करोडौंको साधारण सेयर सर्वसाधारणमा जारि गर्दैछन। तपाइले दशैंमा जोगाएको केहि सय वा हजार रुपैयाँ यी कम्पनीका साधारण सेयरमा (आइपीओं) लगानी गर्न सक्नुहुन्छ। 

हाल विभिन्न १५ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा  आईपिओ निष्काशनको लागि लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्।  यी १५ कम्पनीले कुल ४ अर्ब ४५ करोड ५५ हजार २८ हजार ७ सय २० रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने छ । 

यी बाहेक विभिन्न ८ वटा जीवन बीमा कम्पनीहरुले गरि कुल ५ अर्ब ६५ करोडको आईपिओ निष्काशन तयारी गरेका छन् । बोर्डमा आवेदन दिईनससेका यी कम्पनीले साधारणसभाबाट प्रस्ताव पारित गर्ने, बिक्रि प्रबन्धक नियुक्ति गर्ने, प्रत्याभुतिकर्ता नियुक्ति गर्ने लगायतका आवश्यक प्रक्रिया पुरा गरिरहेका छन् । 

यी बाहेक नेपाल इन्फ्रास्ट्रकचर डेभलपमेन्ट बैंकले पनि ८ अर्बको आईपिओ निष्काशन गर्ने तयारी गरिरहेको छ । यो नै नेपाली बजारमा आउने सबै भन्दा ठुलो आईपिओ हुने छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved