
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार मेगा बैंक Mega Bank Nepal Limited को १८ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । बैंकले लिलाम बढाबढ मार्फत बिक्रि गरेको १८ लाख ४० हजार ७ सय ३९ दशमलव ६३ कित्ता हकप्रद शेयर नेप्सेमा सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।
बैंकले २०७४ भदौ २७ देखि कार्तिक १४ गतेसम्म हकप्रद निष्काशन गर्दा बिक्रि नभएको ति शेयर लिलाम गरेको थियो । बैंकले लिलाम गरेको शेयर मध्ये ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता संस्थापक समुहको थियो भने बाँकि ७ लाख ७ हजार ३ सय ९४ दशमलव ९३ कित्ता साधारण शेयर थियो ।