इन्फ्रास्ट्रकचर बैंकको ८ अर्बको आईपिओ प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2020 | 10:03:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रकचर बैंकको आईपिओ प्रस्ताव पारित भएको छ  । बैंकको बुधबार सम्पन्न साधारणसभाले सर्वसाधारणको लागि ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । 

बैंकले यस अघिको साधारणसभा बाट नै सो प्रस्ताव पारित गरेपनि शेयर निष्काशन कार्यले मुर्त रुप नलिएको हुनाले फेरी प्रस्ताव पारित गरेको हो । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब रहेकोमा आईपिओ निष्काशनपछि पुँजी २० अर्ब पुग्ने छ ।

त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली गर्नु संशोधन गर्नु परेमा सो को अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष ७६/७७ को संचालक समितिको प्रतिवेदन तथा वित्तीय विवरण छलफल गरि पारित गरेको छ भने आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोकेको छ ।

मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालीन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको यस बैंकले आव २०७६/७७ मा जलविद्युत, सिमेन्ट क्लिङ्कराइजेशन एवं सौर्य उर्जा समेत ५ वटा परियोजनाहरुमा रु. ६ अर्ब कर्जा स्वीकृत गरी रु.५० करोड कर्जा प्रवाह गरेकोमा चालु आवमा ३ वटा परियोजनाहरुमा रु. २ अर्ब ८५ करोडको थप कर्जा स्वीकृत गर्दै हालसम्म जम्मा रु. ८ अर्ब ८५ करोड बराबरको कर्जा स्वीकृत गरेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved