
बुधबार देखि सिडीएससीको सिस्टममा समस्या देखिंदा सेवा प्रभावित भएको छ । सिडीएसको सिस्टममा समस्या आउँदा राफसाफ प्रभावित भएको छ भने लगानीकर्तले पोर्टफोलियो हेर्न पाएका छैनन् । त्यस्तै लगानीकर्तालाई आईपिओमा आवेदन दिन समेत समस्या भएको छ ।
सिडीएसका अनुसार कोर डाटाबेसमा स्लो कनेक्सनको समस्या आएको हो । सीआस्वा लगायतका सेवा चलेपनि कोर डाटाबेसमा समस्या आएको सिडीएसले जनाएको छ ।
सिस्टममा समस्या आएपछि बुधबार हुनु पर्ने राफसाफलाई आज बिहिबारको लागि सारिएको छ भने बिहिबार हुनु पर्ने राफसाफलाई भोलि शुक्रबारको लागि सारिएको छ ।
आज बेलुकासम्म समस्या समाधान भईसक्ने सिडीएसले जनाएको छ ।