नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्काशनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डले कार्तिक २८ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
हकप्रद निश्काशन पश्चात बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख पुग्नेछ । बैंकको हाल तीन वटा शाखा रहेका छन् । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुचीबाट हटाएको यो बैंकले केही वर्षमै ५० करोड चुक्ता पुजी पुर्याउने योजना बनाएको छ ।