६ अर्ब बढीको कारोबार हुँदा ३० हजार लगानीकर्ता सहभागी, अनलाइनको हिस्सा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2020 | 05:52:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पहिलो पटक ६ अर्ब बढीको कारोबार भएको छ । आज बिहिबार नेप्सेमा ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँको कारोबार भएको हो । आज नेप्से सूचक २६.३२ अंकले बढेर १७७८.१२ को बिन्दुमा पुगेको छ । 

आज कारोबार आएका १९८ कम्पनीको १ करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो । आजको कारोबारमा ३० हजार लगानीकर्ता सहभागी भएको र कुल कारोबार मध्ये ८६.२४ प्रतिशत अनलाइन मार्फत भएको नेप्सेले जनाएको छ। नेप्सेका अनुसार  हालसम्म अनलाइनमार्फत कारोबार गर्नका लागि १ लाख ७५ हजारभन्दा बढी लगानीकर्ताले युजरनेम र पासवर्ड लिएका छन्।

आज नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा धेरै ४१ करोड ८ लाख बराबरको कारोबार भएको छ।  आज कारोबारमा आएका समूहगत सूचक बढेका छन् भने दर्जन बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

यस अघिको सबै भन्दा धेरै कारोबार २०७६ फागुन ११ मा भएको थियो । त्यस दिन ४ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved