फर्स्ट माइक्रोफाईनान्सको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2020 | 08:51:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा फर्स्ट माइक्रोफाईनान्स First Microfinance Laghubitta Bittiya Sanstha को शेयरमूल्य समायोजन भएको छ ।  कम्पनीको ९.५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो 

 समायोजन अगाडी कम्पनीको मूल्य ६३१ रहेकोमा समायोजनपछि कम्पनीको मूल्य ५७६ रुपैयाँ कायम भएको छ । कम्पनीले साधारणसभाको लागि आज मङ्सिर ५ मा बुक क्लोज गरेकोले आज मूल्य समायोजन भएको हो । मङ्सिर ४ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन तथा प्रस्तावित लाभांश लिन सक्ने छन् 

कम्पनीले मङ्सिर १८ गते काठमाडौँको आम्रपाली ब्यांक्वेटमा सभा आह्वान गरेको छ । सभामा कम्पनीले लाभांश लगायतका विभिन्न प्रस्ताव पेश हुने छ  । कम्पनीले आर्थिक वर्ष ७६/७७ सम्मको संचित मुनाफाबाट  ९.५० प्रतिशत बोनस शेयर, र कर प्रयोजनको लागि समेत ४.१८४२ प्रतिशत नगद लाभांश गरि कुल १३.६८४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव ने आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ८० करोड ७ लाख ४० हजार ७ सय ४६ रुपैयाँ रहेको छ 

त्यस्तै सभाले सर्बसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकको निर्वाचन समेत गर्ने छ । कम्पनीले भर्चुअल माध्यमबाट समेत शेयरधनीहरु सभामा भाग लिन सक्ने जनाएको छ 

हेर्नुस साधारणसभामा पेश हुने प्रस्ताव : 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved